काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले संस्थाका पूर्व अध्यक्ष शरदकुमार गौचनको स्मृतिमा एक कार्यक्रमको आयोजना गर्दैछ । असोज २३ गते आइतबार संस्थाको सचिवालय प्राङ्गण अनामनगरमा गौचनको पाँचौं स्मृति दिवस विशेष कार्यक्रम गर्न लागेको संस्थाका महासचिव रोशन दाहालले जानकारी दिएका छन् । महासंघले जस्तै जिल्ला निर्माण व्यवसायी सङ्घले पनि गौचनको स्मृतिमा विविध कार्यक्रमहरु गर्दै आएका छन्…