सुरक्षाको पूर्ण प्रत्याभूति दिन नेपाल निर्माण व्यवसायी महासंघको माग

काठमाडौं । निर्माण व्यवसायीप्रति लक्षित आक्रमणका घटनामा कुनै कमी नआएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत शनिवार बेलुका सुर्खेतस्थित वीरेन्द्रनगरपालिका—१ गैरीचोकमा नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका सदस्य एवं विनोद निर्माण सेवाका प्रोपाइटर विनोद गिरीमाथि गोली प्रहार भएको थियो । सोमवार महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति…