श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई किन काठमाडौं बोलाइयो ?

काठमाडौं । श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदुत र नियोग प्रमुखलाई काठमाडौं बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशस्थित नेपाली दुतावास तथा कुटनैतिक नियोगका प्रतिनिधिहरुलाई काठमाडौं बोलाई दुई दिवसीय बैठक आयोजना गर्ने भएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार सो बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्री दाहालले गर्नेछन् ।…