एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।  राजश्व विभागलगायतका निकायलाई एनसेलको सेयर खरिदको तत्काल छानबिन गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले सोमबार एनसेलको सेयर बिक्रीबारे चासो व्यक्त गर्दै अध्ययनको निर्देशन दिएका…