काठमाडौं । यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ८६ कम्पनीका ३७ लाख ३३ हजार पाँच सय…