काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी, युन्नान प्रान्त प्रचार विभाग प्रमुख चङ यानले नेपाल र युन्नान प्रान्तको विविध क्षेत्रको विकासका लागि दुवै देशका सञ्चारमाध्यमले मिलेर काम गर्ने बताएका छन् । नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार यहाँ आइपुगेका चङले नेपाल चीन मिडिया फोरमद्वारा आज आयोजित स्वागत समारोहमा नेपाल र युन्नान प्रान्तको भूगोल, तापक्रम, बोट बिरुवा, जनावर…