काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी,मा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाति, लगायतका विभिन्न समूहमा विज्ञापनद्वारा शिक्षक माग गरिएको हो…