काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा भएको लगानीको तुलनामा अपेक्षित सफलता प्राप्त हुन नसकेको बताएकी छिन् । मंगलबार इटहरीस्थित जनता माध्यमिक विद्यालयको ६८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भण्डारीले लगानीअनुसारको प्रतिफल नआएको बताइन् । शैक्षिक क्षेत्रको सुधारका लागि सरोकारवालाहरूबीच समन्वय गर्नुपर्ने भण्डारीले बताएकी थिइन् । कोशी प्रदेशको विशिष्ट भौगोलिक अवस्थाको चर्चा गर्दै…