काठमाडौं । शिक्षकहरूको जारी सडक आन्दोलनको क्रममा बानेश्वरमा तनाव भएको छ । माइतीघरबाट बानेश्वर मार्चपास आएका आन्दोलनकारीले बानेश्वरको प्रहरी घेरा तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको छ । हजारौंको संख्यामा रहेका शिक्षकको हुलले प्रहरीको ब्यारिगेट तोड्न खोजेका छन् । सोक्रममा प्रहरीले बल प्रयोग गरेको छ । शिक्षकहरू बानेश्वरको एभरेष्ट होटलअगाडिबाट प्रहरी घेरा तोड्न खोजिरहेका छन् ।…