पठनपाठनको स्थिति बुझ्न महानगरका ८९ विद्यालयमा खटिए नगरप्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे अनुगमन थालेको छ । महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा नगरप्रहरी परिचालित भएका हुन् । महानगरका ८९ वटा सामुदायिक विद्यालयमा आजै पुगेर अनुगमन गरिने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए । नगरप्रहरीका थुप्रै टोलीहरू परिचालन गरिएको उनले जानकारी दिएका छन् । नियमित पठनपाठन नभएका विद्यालयहरूलाई महानगरको…