लट्ठी टेक्दै झोला बोक्दै ९० वर्षीय प्रेमबहादुर एक कक्षामा

तुलसीपुर (दाङ) । पिठ्युमा झोला, एक हातमा लट्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमकेका ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनीमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगीकाे समय आजभाेलि विद्यालयका बालबालिकासँग बित्छ । उनले पनातिसमेत देखिसकेका छन्, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उनी…