एसईईमा मनाङबाट ५२ जना सहभागी हुँदै

लमजुङ । शैक्षिक सत्र ०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । मनाङमा छात्रा ३९ र छात्र २३ परीक्षामा सहभागी हुनेछन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । जिल्लाका तीन विद्यालयमा परीक्षा केन्द्र तोकिएको उनी बताउँछन् ।…