हटकेक मोडल ‘सकम्बरी’ अब चलचित्रमा

काठमाडौं । गायक प्रकाश सपुतको ‘सकम्बरी’ गीतको म्युजिक भिडियो अभिनयपछि रातारात चर्चाको केन्द्र बनेकी मोडल हुन् कुसुम शर्मा । ‘सकम्बरी’ अर्थात् कुसुम यतिखेर मनाेरञ्जन क्षेत्रकी हटकेक हुन् भन्दा फरक पर्दैन । उनी यतिखेर विभिन्न म्यूजिक भिडियोहरुमा व्यस्त छिन् । अब भने उनी म्यूजिक भिडियो मोडल मात्र नभई नेपाली चलचित्रमा नायिकाकाे रुपमा डेब्यू गर्ने भएकी छिन्…