अमिताभ बच्चन सुटिङका ​​क्रममा दुर्घटनामा

काठमाडौं । बलिवुडका मेगास्टार अमिताभ बच्चन एक फिल्मको सुटिङका ​​क्रममा गम्भीर घाइते भएका छन् । अमिताभ फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन सिक्वेन्स सुटिङ गरिरहेका बेला हैदरावादमा यो घटना भएको हो । दुर्घटनापछि फिल्मको सुटिङ रोकिएको थियो । हैदरावादमा उपचार गराएपछि अभिनेता मुम्बईस्थित आफ्नो घर फर्किएका छन् । त्यसपछि फिल्मको सुटिङ तत्कालका लागि रोकिएको छ…