‘द ब्ल्यू लाइट’मा अर्पण थापा अनुबन्धित

थिम पोस्टर सार्वजनिक गर्दै केही दिन अघि निर्माण घोषणा गरिएको साइकोलजिकल थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’मा अभिनेता अर्पण थापा प्रमुख भूमिकामा अनुबन्धित भएका छन्। यो चलचित्र बलिराम चौहानको निर्देशनमा बन्नेछ, जसले चर्चित चलचित्र ‘बलिदान’मा लेखक तथा मुख्य सहायक निर्देशकको भूमिका निभाएका थिए। स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्रको छायांकन जेठ २१ गतेदेखि सुरु हुने बताइएको छ,…