मेलोडी स्टार कम्पीटीसनको उपाधि जेनी श्रेष्ठलाई

काठमाडौं । मेलोडी स्टार कम्पीटीसनको उपाधि काठमाडौका जेनी श्रेष्ठले जितेकी छिन् । पेप्सीकोला स्थित स्टार बैंकेटमा भएको फिनालीमा श्रेष्ठले उपाधि जितेकी हुन् । यस्तै इलामका बिशेन तामाङ दोस्रो, झापाका श्याम दनुवार तेस्रो र मोरङका चित्र मगर चौथो भएका छन् । प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित दुई वटा म्युजिक भिडियो र गीत गर्न पाउनेछिन् ।…