सिर्जना निङलेकुको अभिनयले ‘कार्साङ’मा मच्चायो तहल्का

उर्लाबारी । सिर्जना निङलेकुले आफ्नो पहिलो चलचित्र 'कार्साङ'मा गहिरो र प्रभावशाली अभिनय प्रस्तुत गर्दै दर्शक र समीक्षक दुवैको मन जितेकी छन्। नेपाली फिल्म उद्योगमा पहिलो पाइला टेकेको भए पनि सिर्जनाले देखाएको अभिनय कौशल र पात्रप्रतिको न्यायले उनलाई चर्चाको शिखरमा पुर्‍याएको छ। यसअघि म्युजिक भिडियो र स्टेज कार्यक्रममा काम गरेर आफूलाई स्थापित गरेकी सिर्जनाले चलचित्र क्षेत्रमा…