‘एनिमल’ले ४ दिनमा कमायो ४०० करोड

मुम्बई । रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ प्रदर्शनको सुरुवातको दिन देखिनै राम्रो आम्दानी गर्न सफल देखिन्छ । गत शुक्रबार रिलिज भएको फिल्मले ४ दिनमा ४०० करोड कमाउन सफल भएको छ । भारतमा मात्र फिल्मले पहिलो दिन ६३.८० करोड, दोस्रो दिन ६६.२७ करोड, तेस्रो दिन ७२.५० करोड, चौथो दिन २९.९० करोडको व्यवसाय गर्न सफल भएको छ…