एनपीएलमा क्यानलाई २ कराेड ४६ लाख मुनाफा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा नेपाल क्रिकेट संघ क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ मुनाफा भएको छ । नेपाल प्रिमियर लिग परिचालन परिषद्ले बिहीबार बोर्ड बैठकमा पेस गरेको आय व्यय विवरणअनुसार उक्त रकम बचत गरेको हो । एनपीएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ…