काठमाडौँ । नेपालमा पहिलोपटक कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत नेपालमा पहिलोपटक सातजनामा जेएन.१ को संक्रमण भेटिएको जनाएको हो । देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्युन्सिङमा सातजनामा नयाँ सब भेरियन्ट पाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश…