काठमाडौं । माइतीघरमा प्रदर्शनरत चिकित्सक र प्रहरीबीच धकेलाधकेल भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा मंगलबार माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला उनीहरुबीच धकेलाधकेल भएको हो । चिकित्सकहरुले ‘कुटाइ खाने कहिलेसम्म’‚ ‘डाक्टर कुट्न पाइँदैन’‚ ‘स्वास्थ्यकर्मीविरुद्धको हिंसा बन्द गर’, पेशा छोडौं कि देश छोडौं ? जस्ता नारा लेखिएका…