काठमाडौं । नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस ) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस सङ्क्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमूना सङ्कलन गरिएको थियो । यसअघि प्रयोगशालाले गरेको नमूना परीक्षणमा…