काठमाडौँ । धरान उपमहानगरपालिकाले डेंगु महामारीबाट आक्रान्त धरानमा बिरामीहरूको लागि निःशुल्क उपचार केन्द्र सुरु गरेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा धरान १ स्थित पुरानो अस्पतालमा उपमहानगरपालिकाले बुधबारदेखि निःशुल्क उपचार केन्द्र सुरु गरेको हो। केन्द्र २५ बेडको सञ्चालन हुने भएपनि तत्काल १० बेड राखेर सुरु गरिएको उपमहानगरका स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपमहानगरले थप…