काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । धरान–१७ का दुई महिलाको मृत्यु भएको उपमहानगरका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये एकजनाको १२ दिनअघि र एकजनाको बुधबार (हिजो) मृत्यु भएको हो । उपमहानगरका २० मध्ये अधिकांश वडामा डेंगी फैलिएको र संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको…