काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखिएको भन्दै नेकपा (एमाले)ले सरकारको ध्यानाकर्षण गराएको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले बिहीबार प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्य क्षेत्रका लागि छुट्याइएको बजेटका कमिकमजोरी औल्याएको छ। एमालेको स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको १७ बुँदे टिप्पणीमा स्वास्थ्य क्षेत्रका लागि बजेट बढाउनुपर्नेमा घटाएको भन्दै आलोचना…