काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पतालको सेवा सातवटै प्रदेशबाट दिइने बताएका छन् । उक्त अस्पतालको अनुगमनका क्रममा मन्त्री मोदीले निजामतीसहित सबै राष्ट्रसेवक (प्रहरी, संस्थानका कर्मचारी, शिक्षक, जनप्रतिनिधि, खेलाडी)को उपचारको व्यवस्था गर्ने गरी अस्पतालको विकास गर्नुपर्नेमा जोड दिए । “सातवटै प्रदेशबाट अस्पतालको सेवा सुरु गर्ने योजना छ”, उनले भने…