काठमाडौँ । मंगलबार बिहान चीनतर्फबाट आएको बाढीले रसुवा जिल्लामा पुर्याएको क्षतिको प्रारम्भिक विवरण संकलन गर्न एक समिति गठन गरिएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति तथा विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले १३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिको संयोजकको रूपमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख इन्जिनियर खड्गलाल श्रेष्ठ…