हमासको चेतावनी- इजरायलले सैन्य दबाब कायम राखे बन्धकलाई ‘कफिनभित्र’ फर्काइनेछ

गाजा । हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू 'कफिनभित्र' फर्काइने चेतावनी दिएको छ । इजरायली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई 'नयाँ निर्देशन' दिइएको चेतावनी सोमबार दिएको छ । पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउँदै आएको छ ।…