काभ्रे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सच्चा कम्युनिस्ट शक्तिबीच एकता र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिबीच सहकार्यको प्रस्ताव अघि सारेका छन् । काभ्रेमा पार्टीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आगामी दिनमा सदन र सडकको संघर्षमा सहकार्य गर्दै आवश्यकताअनुसार निर्वाचनमा समेत सहकार्यको आधार निर्माण गर्नुपर्ने बताए । ‘बदलिएको परिस्थितिमा पुरानै तरिकाले अघि बढेर…