कोरला नाका हुँदै चिनियाँ राजदूत माओमिङ मुस्ताङमा, सर्वत्र चासाे

काठमाडाैं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङ कोरला नाका हुँदै मुस्ताङ पुगेका छन् । पाँचजना चिनियाँ टोलीसहित दुई नेपाली प्रतिनिधिको टोली शनिबार दिउँसो साढे २ बजे सिचाङको ल्हासाबाट समुन्द्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ कोरला नाकास्थित दसगजा क्षेत्रमा प्रवेश गरी कोरला–नेचुङ सडक हुँदै मुस्ताङ भन्सार कार्यालयसहितको क्षेत्र पुगेकाे…