काठमाडौं । काठमाडौं उपत्यकामा पुसको अन्तिम दिन यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौंको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ । यसअघि पुस २५ गते न्यूनतम तापक्रम २.४ डिग्री पुगेको थियो । पुसको दोस्रो सातादेखि नै निरन्तर ओरालो लागेको तापक्रममा थप गिरावट आएसँगै उपत्यकाबासीले…