प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन्। बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा सात दिने औपचारिक भ्रमणका लागि सिग्देल सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसी ले बिदाइ गरेका थिए। भ्रमणले सदियौंदेखि रहँदै आएको दुई देशबिचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक…