डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते

डोटी । डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) भीमलाल भट्टराईका अनुसार दिपायल सिलगढी नगरपालिका–४ समुहगाडस्थित आज बिहान ५ बजेतिर बस दुर्घटनामा परेको हो ।…