काभ्रे । अविरल वर्षाले ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नम्बर वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि ‘हामी टिम नेपाल’ नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त गाउँमा चामललगायत खाद्यान्न सामग्री पठाएको हो । आइतबारदेखि पहिला परीक्षण गरी सो गाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम…