काठमाडौँ । बेलायतमा आमचुनावको घोषणासँगै प्रधानमन्त्री ऋषि सुनक नयाँ समस्यामा परेका छन् । उनले आगामी जुलाई ४ मा आम निर्वाचनको घोषणा गरेपछि सत्तारुढ कन्जरभेटिभ पार्टीमा धेरै सांसदहरुले चुनाव नलडने घोषणा गरिरहेका छन् । हालै टोरी पार्टीका पुराना नेता माइकल गोभ र आन्द्रे लिडसमले राजनीतिलाई अलविदा गरेका छन् । योसँगै सुनकको पार्टीमा राजनीतिबाट सन्यास लिने सांसदको…