काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिगमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा जावलाखेलले पुलिसलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा जावलाखेललाई जिताउन निकोलस ह्यामिल्टन, युवराज ढकाल र विकास दर्लामी मगरले गोल गरे । जितसँगै ६ खेलबाट नौ अङ्क बनाएको जावलाखेल नवौँ स्थानमा छ…