काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित भएका छन् । शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो । उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेतृ रेजिना उप्रेती र गायक युवराज चौलागाईं निर्वाचित भएका छन् । चलचित्र निर्माण नियन्त्रक शङ्कर पाण्डे महासचिव र राजिन पनेरू सचिव…