मन्त्री कुर्मीलाई बर्खास्त गर्न र न्यायाधीश चुडाललाई महाअभियोग लगाउन गोविन्द केसीको माग

काठमाडौं । डा. गोविन्द केसीले निर्मला कुर्मी अपहरण घटनाका आरोपी बादशाह कुर्मीलाई मन्त्री बनाइएकामा आपत्ति जनाएका छन् । कुर्मीलाई मन्त्री बनाएर काँग्रेसले दण्डहीनतालाई प्रश्रय दिएको आरोप केसीले लगाएका छन् । कुर्मीलाई काँग्रेसले लुम्बिनी सरकारको मन्त्री नियुक्त गरेको थियो । शनिबार विज्ञप्ति जारी गर्दै केसीले सरकारद्वारा गठित छानबिन समितिले कारबाही सिफारिस गरेका कुर्मीलाई मन्त्री बनाएर आफूलाई…