नेकपाका संस्थापक पुष्पलालको आज ४६औं स्मृति दिवस मनाइँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिस्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी उनको योगदानको सम्झना गर्दैछन् । विक्रम संवत् १९८१ असार १५ गते रामेछापको भँगेरीमा…