मनसुनजन्य विपदबाट तुलनात्मकरुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा हो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपदबाट तुलनात्मक रुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा भएको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा गृहमन्त्री लेखकले भने, “अत्यधिक वर्षा भए पनि तुलनात्मक रुपमा जनधनको क्षति कम भएको छ । त्यो पूर्वतयारीको नतिजा हो । हामीले गरेका प्रतिबद्धता अनुसार नै काम भइरहेका…