पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण

कास्की । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट हिजो मिर्गौलाको सफल प्रत्यारोपण गरेको जनाएको छ । तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको मिर्गौला सफल प्रत्यारोपण गरिएको हो । उनलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दिएकी थिइन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको अस्पतालमा प्रत्यारोपण…