काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगरभित्र स्थायी बसोवास गर्दै साहित्यमा साधनारत अग्रज सर्जक तथा समाजसेवीलाई नगद सहित सम्मान गरेको छ । नगरपालिका प्रमुख दीपककुमार रिसालले संस्कृतिविद् एवं समाजसेवी प्रा.डा. ऋषिराम पोखरेल र गीतकार एवं वरिष्ठ कवि कञ्चन पुडासैनीलाई गोकर्णेश्वर साहित्य पुरस्कार २०८० ले सम्मान गरेका हुन् । सम्मानित व्यक्तित्वहरूलाई एक—एक लाख रुपैयाँ सहित सम्मानपत्र प्रदान गर्दै…