ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साढे आठ करोड रुपैयाँ भेटी सङ्कलन भएको छ । भक्तजनले पाथीभरामा चढाएको उक्त रकम भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा हिजाे बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार गत मङ्सिर मसान्तसम्ममा आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ रुपैयाँ भेटी रकम सङ्कलन भएको…