गलकोट । राष्ट्रपति रामचन्द्र पौडेलले धौलागिरि क्षेत्र पवित्र तपोभूमि रहेको बताएका छन् । पवित्र शालग्राम पाइने कालीगण्डकी नदी, मुक्तिक्षेत्र, पञ्चकोट, गलेश्वरधाम र कालिका मन्दिरले धाौलागिरि क्षेत्र एक पवित्र धार्मिक तपोभूमि रहेको बताएका हुन् । बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोटमा बुधबारदेखि सुरु भएको अनन्तश्री ब्रामाण्डीय महायज्ञमा धारणा राख्दै राष्ट्रपति पौडेलले धौलागिरि क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्व र…