काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा यही फागुन पहिलो साता आयोजित काभ्रेपलाञ्चोक बृहत् कृषि महोत्सवमा रु. छ करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ । मूल आयोजक एवं संयोजकत्व गरेको जिल्ला समन्वय समितिको समन्वयमा यही फागुन ४ देखि ७ गतेसम्म बनेपामा सञ्चालित महोत्सवमा एक लाख ५० हजारले अवलोकन गरेको जनाइएको छ । जिल्लामा उत्पादित कृषि तथा पशुजन्य…