काठमाडौं । कमेडी च्याम्पियनको तेस्रो सिजन फागुन ३ गतेबाट प्रसारणमा आउने भएको छ । हिजो बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकाे हाे । थ्रि प्रोडक्सनको तर्फबाट निर्देशक विशाल भण्डारी र प्रसारण संस्था कान्तिपुर टेलिभिजनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । अघिल्ला २ सिजनमा डिजिटल अडिसनबाट उत्कृष्ट २४ छनौट गर्ने परम्परालाई परिमार्जित गरी सुपर ३० नामाकरण…