काठमाडौँ । नेपाली कांग्रेसका सांसद सीता मिजारको प्रतिनिधिसभामा प्रवेशसँगै परिपक्वताका साथै संवेदनशीलरूपमा प्रस्तुत हुने गरेको अनुभव छ । पहिलो पटक सङ्घीय सांसद बनेका उनले बाहिर सडकमा विद्यार्थी र पार्टीको राजनीति गरेभन्दा संसदीय राजनीति भिन्न भएको बताइन् । रासससँग कुरा गर्दै सांसद मिजारले भनिन्, “संसदीय राजनीतिको अनुभव फरक रहेछ, विद्यार्थी राजनीति गरेको जस्तो होइन, जिम्मेवारीबोध धेरै…