काठमाडौं । यो अंग्रेजी वर्ष अर्थात् सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर भन्दा नेपालको वृद्धिदर राम्रो हुने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको 'वर्ल्ड इकोनोमिक आउटलुक' को रिपोर्ट अनुसार यो अङ्ग्रेजी वर्षमा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने प्रक्षेपण छ । यस्तै उपभोक्ता मूल्यवृद्धि भने ६ दशमलव ७ प्रतिशत रहनेछ…