काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पेट्रोलियम पदार्थमा इथानोल मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि नहट्ने बताएका छन् । आर्थिक पत्रकार समाजले आइतबार राजधानीमा गरेको कार्यक्रममा लामो समयदेखि तयारी गरिएको कार्यक्रम अब कार्यान्वयनको चरणमा पुगेको उनले बताए । उनका अनुसार, २० वर्षदेखि तयारी गरिएको कार्यक्रम अहिले लागु गर्न लागिएको उनको भनाइ छ ।…