सिन्धुलीमा नेपाली र चिनियाँ कामदारबीच झडप, सात घाइते

काठमाडाैं । सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको हिमालयन फुड कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् । घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार छन् । मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ । उदयपुरको कटारी नगरपालिका–१२…