काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा शुल्क नउठाउन इरानलाई चेतावनी दिएका छन् । यसअघि बुधवार बिहानसम्म इरानले स्ट्रेट अफ हर्मुज नखोले इरानी सभ्यता नै ध्वस्त पार्ने धम्की दिनुभएका ट्रम्पले समयसीमा सकिन दुई घण्टाभन्दा कम बाँकी रहँदा दुई हप्ताका लागि युद्धविराम घोषणा गरेका थिए । हर्मुज खोल्ने शर्तमा युद्धविराम भएको ट्रम्पकाे दाबी थियो ।…