दमौली (तनहुँ) । चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल बढेको छ। बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो। बन्दीपुरमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको व्यवसायी किसान प्रधानले बताए। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका प्रधानले यो बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय भएको बताए। ‘यो पर्यटकको घुम्ने…